कोरोना परीक्षणको शुल्क घट्यो

 #कोरोना     २०७८, ६ माघ बिहीबार ०९:२६     75 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । सरकारले कोरोना परीक्षणका लागि गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ ।

अब सरकारी अस्पतालमा ८०० र निजी अस्पताल तथा प्रयोगशालामा एक हजार ५०० रुपैयाँ परीक्षण शुल्क कायम गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि, पीसीआर परीक्षणको शुल्क सरकारी अस्पतालमा एक हजार र निजीमा दुई हजार रुपैयाँ तोकिएको थियो ।