लुम्बिनीमा आइतबार सार्वजनिक बिदा

 संवाददाता    २०७८, ३० पुष शुक्रबार २१:२४     103 जनाले पढ़िसके



Spread the love

काठमाडौँ — लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । माघे सङ्क्रान्तिको अवसरमा माघ २ गते आइतबार प्रदेशमा सार्वजनिक बिदा दिइएको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार सूचना निकालेर प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा दिइएको जनाएको छ ।