पर्यटनमन्त्री आले चढेको गाडी कारसँग ठोक्कियो

 #दुर्घटना     २०७८, २८ पुष बुधबार ०८:४९     100 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले चढेको जिप कैलालीमा दुर्घटनामा परेको छ । काठमाडौँबाट धनगढी हुँदै कञ्चनपुरको महेन्द्रनगर जाने क्रममा उनी चढेको गाडी कैलालीको एयरपोर्ट मोडमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारीकाअनुसार मंगलबार राति करिब सवा ८ बजेतिर बा ४ च १३७७ नम्बरको निजी कारले मन्त्री आले चढेको सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई एयरपोर्ट मोडमा ठक्कर दिएको थियो । ठक्करबाट गाडीमा सामान्य क्षति पुगेपछि मन्त्री आलेसहित गाडीमा रहेका सबै सकुशल रहेको उनले बताए ।

मन्त्री आले महेन्द्रनगरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन अर्को गाडी चढेर त्यसतर्फ गइसकेका छन् । ठक्कर दिने कारका चालक पवन कठायतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।