बागमती प्रदेशले ट्याक्सी भाडादर समायोजन गर्यो

 संवाददाता    २०७८, २५ पुष आईतवार १०:३५     354 जनाले पढ़िसके



Spread the love

काठमाडौं– बागमती प्रदेशबाट स्वीकृतिलाई सञ्चालन भइरहेको ट्याक्सीको भाडादर समायोजन भएको छ। पुस २० सम्पन्न मन्त्रिस्तरीय बैठकले माघ १ गतेदेखि लागु हुने गरी नयाँ भाडादर निर्धारण गरेको हो। परिमार्जित भाडादरअनुसार उपत्यकामा सञ्चालित ट्याक्सी सेवाको पहिलो एक किलोमिटरसम्मको यात्राको सुरू ’फ्लाग डाउन’ ६० रुपैयाँ कायम गरिएको छ। त्यसपछि सुरूको एक किलोमिटर यात्रापछि प्रतिदुई सय मिटरको नौ रुपैयाँ असी पैसाका दरले थप हुने गरी भाडा दर कायम गरिएको प्रदेशको यातायात मन्त्रालयले जनाएको छ।

ट्याक्सीहरूले पूर्णरूपमा मिटरको प्रयोग नगरेमा कारबाही गरिनेसमेत मन्त्रालयले जानकारी दिएको छ।

ट्याक्सी चालकले सवारी साधनको नम्बर, चालकको सम्पर्क नम्बरसहितको विवरण भएको नेपाली तथा अंग्रेजी भाषामा लेखिएको भिजिटिङ कार्ड उपलब्ध गराउनुपर्ने मन्त्रालयले बताएको छ।