काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर बाढी, पहिरो र डुबान प्रभावितहरूको अवस्था बुझ्न आज देशको पूर्वी भेग जाँदै छन् । उनी बाढी, पहिरो र डुबान प्रभावित सुनसरी, मोरङ, इलाम र पाँचथर जान लागेको उनको सचिवालयले जनाएको छ ।
यस क्रममा देउवाले चारै जिल्लाका प्रभावित क्षेत्रको अवलोकन, पीडितसँग भेटघाट गर्नुका साथै उनीहरूको अवस्थाबारे जानकारी लिनेछन् । उनी आजै साँझ काठमाडौँ फर्कने सचिवालयले जनाएको छ ।
यसअघि प्रधामन्त्री देउवाको नेतृत्वमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायरसहितको टोलीले बिहीबार र शुक्रबार सुदूरपश्चिमका बाढी, पहिरो र डुबान प्रभावित जिल्ला पुगेर सो क्षेत्रको अवस्थाबारे जानकारी लिएको थियो ।