लगातारको वर्षाले डोटी, अछाम र डडेल्धुराका केही ठाउँमा पोल ढल्दा ४ दिनदेखि विद्युत् अवरुद्ध भएको उनले बताए । ‘विद्युत्को टोली पोल ढलेको स्थानमा गइरहेको छ । थप सहयोगका लागि डोटी प्रशासनलाई अनुरोध गरेका छौं,’ मल्लले भने । ठाउँठाउँमा अप्टिकल फाइबर काटिएकाले नेपाल टेलिकमको सेवा अवरुद्ध भएको उनले जानकारी दिए । विद्युत् र टेलिफोन सेवा तत्काल सञ्चालन हुन नसक्ने मल्लको भनाइ छ ।
