लगातार वर्षापछि इटहरी र विराटनगरका विद्यालयमा दुई दिन बिदा

 संवाददाता    २०८३, ८ आश्विन बिहीबार ११:१५     3 जनाले पढ़िसके



Spread the love

निरन्तरको वर्षा हुन थालेपछि सुनसरीको इटहरी उपमहानगर र मोरङको विराटनगर महानगरले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

जल तथा मौसम पूर्व अनुमान विभागले आजबाट निरन्तर ठूलो पानी पर्ने सूचना जारी गरेपछि विद्यालय बन्द गर्ने निर्णय भएको हो । विराटनगर महानगरपालिकाले असोज ८ र ९ गतेका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले दुई दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको बताए ।

यसैगरी इटहरी उपमहानगरपालिकाले पनि दुई दिन विद्यालयमा छुट्टी गरेको छ । गएरातिबाट पानी पर्न थालेपछि विद्यालयमा बिदा गर्ने निर्णय भएको इटहरी उपमहानगले जनाएको छ । कोशी प्रदेशका अधिकांश जिल्लामा गए रातिबाट पानी परिरहेका छ ।