नेकपा एमालेका नेता ईश्वर पोखरेलले अध्यक्ष केपी ओलीलाई मार्ग प्रशस्त गर्न सुझाएका छन्।
जारी केन्द्रीय कमिटीको बैठकलाई पत्र लेख्दै पोखरेलले अध्यक्ष ओलीको सम्मानजनक बिदाइको विकल्प नभएको बताएका छन्।
पोखरेल श्रीमतीको उपचारको लागि भारतमा छन्।
पोखरेलले भनेका छन्, ‘…आजको जटिलतर बन्दै गएको अवस्थामा पुनर्गठन नगरी आम पार्टी पङ्क्ति र आम जनतामा समेत आशा जगाउन सकिन्न, अगाडि बढ्न सकिन्न ! यसका लागि देशभरिका आम कार्यकर्ताहरूको चाहना र माग बमोजिम तपाईँको सम्मानजनक मार्ग प्रशस्त विशेष महत्त्वपूर्ण हुनेछ ।
यतिबेला ओलीले सम्मान साथ विदाइ र विधिसम्मत नयाँ नेतृत्वमा जानु भन्दा अर्को आशा जगाउने विकल्प नभएको र हुन नसक्ने उनको भनाइ छ।