बंगालको खाडीमा न्यूनचापीय प्रणाली सक्रिय, आज कहाँ–कहाँ वर्षा हुँदैछ ?

 संवाददाता    २०८३, ५ आश्विन सोमबार ११:०१     30 जनाले पढ़िसके



Spread the love

नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ छ। साथै उत्तर अन्डमन सागर र आसपास क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल मध्यपूर्व बंगालको खाडीमा छ र उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम-उत्तरपश्चिम दिशातिर सर्ने देखिन्छ।

मौसम महाशाखाले आज सोमबार बिहान अद्यावधिक गरेको बुलेटिनअनुसार हाल कोसी प्रदेशलगायत देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल तथा तराईमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ।

आज यस्तो छ वर्षा-हिमपातको सम्भावना

दिउँसो : देशका हिमाली र पहाडी भेमा साधारणतया बादल तथा तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। मधेसप्रदेश तथा बागमती, गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा, कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ |

राति : कोसी प्रदेशलगायत देशको हिमाली भेग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बादल तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेग तथा बाँकी तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मधेसप्रदेश तथा कोसी र बागमती प्रदेशको तराई भूभागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

काठमाडौँमा पनि वर्षाको सम्भावना

देशका विभिन्न स्थानसँगै आज काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना छ।

मौसम महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार काठमाडौँ उपत्यकामा आज हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

‘काठमाडौँ उपत्यकामा दिउँसो तथा साँझ हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ’, उनले भनिन्, ‘खण्डित किसिमको वर्षा हुनेछ अर्थात् कतै अलि ठुलो त कतै हल्का वर्षा हुने सम्भावना छ। सबैतिर एकैनासको वर्षा हुने देखिन्न।’

त्यसअघि उपत्यकाको मौसम घाम-बादल, घाम-बादल हुने सम्भावना रहेको उनले बताइन्।