राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ‘ग्रेजोन’ मा आएको रिपोर्टका सम्बन्धमा अनभिज्ञता प्रकट गरेका छन् । उनले आज सर्वदलीय बैठकपछि पत्रकारहरुसँग बोल्दै यो रिपोर्ट आफूले नपढेको दावी गरे ।
पत्रकारले उनलाई ‘ग्रे जोन’ को रिपोर्टलाई कसरी हेर्नुभएको छ भनेर सोधेका थिए ।
लामिछानेले जवाफ दिए, ‘तपाईँले कसरी हेर्नुभयो ? ल यो सोध्नु… के रहेछ ग्रे जोन, मलाई सुनाइदिनुपर्यो, के रहेछ भन्नु त मलाई ? कुन पत्रिका रहेछ यो, कहाँ निस्किँदो रहेछ ?
पत्रकार: आएको छ त रिपोर्ट…
लामिछाने: कुन पत्रिका रहेछ, कहाँबाट, अमरिकाको कुन ठाउँबाट निस्किन्छ ?
पत्रकार: छताछुल्ल छ त सामाजिक सञ्जालभरि
लामिछाने: हो र ? मैले त पढ्या छैन । जुन चिजको क्रेडिबिलिटी छैन, त्यो त म पढ्दिनँ । अब अण्टसण्ट लेख्नुभएन भने त पढ्छु । अण्टसण्ट भन्ने कुनै चिज आयो भने त्यसलाई पढेर त्यसमा समय… यत्रो देशको यत्रो क्यामेरा, यत्रो माइक, यत्रो पत्रकारको समय पनि त्यस्तो केही न केहीको समाचारमा खेर फाल्ने ?