ओली निवासमा जगन्नाथको स्वास्थ्य अवस्थाबारे महेश बस्नेतको दाबी

 संवाददाता    २०८३, १९ श्रावण मंगलवार १६:०९     0 View



Spread the love

नेकपा (एमाले)का सचिव महेश बस्नेतले बागमती प्रदेशका संसदीय दलका नेता जगन्नाथ थपलियाबारे भ्रामक समाचार सम्प्रेषण भएको टिप्पणी गरेका छन् ।

ओली निवास गुण्डुमा भएको छलफलका क्रममा थपलिया बेहोश भएर ढलेको समाचारको उनले खण्डन गरेका हुन् ।

आफ्नो धारणा राख्ने क्रममा थपलियाको गला अवरुद्ध भएको र सामान्य स्वास्थ्य असहजता मात्र देखिएको बस्नेतको दावी छ ।

केही सञ्चारमाध्यमले थपलियाका विषयमा भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै उनले लेखेका छन्, ‘छलफलका क्रममा आफ्नो धारणा राख्ने क्रममा उहाँ केही भावुक हुँदा गला अवरुद्ध भएको र सामान्य स्वास्थ्य असहजता देखिएको अवस्थालाई तोडमोड गरेर प्रचार गरिएको हो । यसलाई अनावश्यक रूपमा अतिरञ्जित नगर्न र यस्ता भ्रामक समाचारप्रति विश्वास नगर्न सबैमा हार्दिक अनुरोध गर्दछु ।’