सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएपछि आफन्तले शव उठाउन मानेका छैनन् ।
उता कप्तानगञ्जमा सडकका रुख ढालेर स्थानीयवासी प्रदर्शनमा उत्रिएका छन् ।
महाराजगञ्ज प्रहरीका डीएसपी नवराज पोखरेलका अनुसार मृतक मेहताका आफन्तले सरकारबाट रेस्पोन्सको माग गर्दै शव नउठाएका हुन् । त्यहीँ जम्मा भएका मेहताका आफन्तहरुले सरकारले घटनामा गोली चलाउने व्यक्तिको पहिचान, कारवाही र क्षतिपूर्तिको माग राखिएको बताए ।
गृहमन्त्रीले मृतकको घरमा गएर कागजी सम्झौता गरेको भरमा आफूहरु नमान्ने उनीहरुको भनाइ छ ।
उता, मेहताको गृहजिल्ला सुनसरी, कप्तानगञ्जमा निधनको खबरपछि आक्रा्श बढेको छ । त्यहाँ अहिले सशस्त्र प्रहरीको टोली पुगेको छ ।
सदरमुकाम इनरुवाबाट प्रहरी टोली पनि जाँदै गरेको जिल्ला प्रहरी स्रोतले जनाएको छ ।