ट्रम्पको घोषणाले विश्व बजार प्रभावित, तेल र सुनको मूल्यमा विपरीत प्रभाव

 संवाददाता    २०८३, १८ श्रावण सोमबार १०:५८     28 जनाले पढ़िसके



Spread the love

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सैन्य आक्रमण रोकिएको र नयाँ चरणको वार्ता सुरु गर्न लागिएको बताएपछि आज (सोमबार, अगस्ट ३) कच्चा तेलको मूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

ब्रेन्ट क्रुड ४.०८ डलर अर्थात् ४.६४% ले घटेर प्रतिब्यारेल ८३.८५ डलरमा झरेको छ।

यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड ४.०१ डलर अर्थात् ४.७४% घटेर प्रतिब्यारेल ८०.६६ डलरमा कारोबार भइरहेको छ।

अर्कातर्फ सुनको मूल्य भने बढेको छ।

स्पट सुनको मूल्य ०.७% बढेर प्रतिऔँस ४,०६७.०६ डलर पुगेको छ भने अमेरिकी गोल्ड फ्युचर्स ०.९% बढेर ४,०६५.६० प्रतिऔँसमा कारोबार भइरहेको छ।