श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टी बैठकमा अल्झिएर बस्ने खालको नभएको बताएका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले पार्टीको नीति ढुङ्गा बोक्ने मात्रे हो? पार्टीभित्रबाट बैठक राख्न माग भइरहेको छ? भन्ने प्रश्न सोधेका थिए।
जवाफमा उनले भने, ‘अरू पार्टीजस्तो होइन। हामी काम गर्छौँ। श्रमदान नै हाम्रो बैठक हो। बैठक बसेर देश बन्दैन। प्रत्येक शनिवार हाम्रो बैठक भइराखेकै हुन्छ, यसरी बुझ्दा हुन्छ।’
उनले आफू सदनमा पनि ढुङ्गा बोकेर आएको तर्क गरे। उनले आफूलाई क्युआर सुप्रिम भन्ने भीम उपाध्यायलाई भेटेँ ७ दिन ढुङ्गा बोकाउने बताए।
कहाँ लगेर बोकाउनुहुन्छ? भन्ने प्रश्नमा उनले भने, ‘जहाँ भए नि, यतैतिर भए नि त्यो ब्लकहरू उठाउन लगाउने।’