प्रसाईँ पक्राउको विरोधमा धवलशम्सेर, तत्काल छाड्न सरकारसँग माग

 संवाददाता    २०८३, १८ श्रावण सोमबार १२:१३     0 View



Spread the love

राप्रपाबाट अलग भएर नयाँ पार्टी दर्ताको तयारीमा रहेका नेता डा. धवलशम्सेर राणाले एउटै अभियानमा रहेका दुर्गा प्रसाईँलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन्। आज एक विज्ञप्ति जारी गर्दै प्रसाईँलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । प्रसाईँलाई हिजो राती प्रहरीले घरबाटै पक्राउ गरेको थियो ।

विज्ञप्तिमा भनिएको छ, ‘यही सन्दर्भमा विश्वव्यापी रूपमा स्थापित मानव अधिकार र संविधानप्रदत्त विचार एवं अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेर अभिव्यक्ति दिएकै कारण राष्ट्रवादी नेता दुर्गा प्रसाईँलाई सरकारले हिजो साउन १७ गते राति उहाँको निवासबाट पक्राउ गर्नु निन्दनीय छ ।’

उनले आलोचना, फरक मत, मत–अभिमत लोकतान्त्रिक पद्धतिका आधारस्तम्भ भएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नागरिकप्रति सरकारको जवाफदेहिता, प्रजातान्त्रिक सन्तुलन र समाजको उन्नति–प्रगतिका लागिसमेत विचार एवं अभिव्यक्ति स्वतन्त्रता आधारभूत छन्। सरकारको आलोचना गर्नै नपाइने हो भने, त्यस्तो शासन प्रणाली लोकतान्त्रिक रहन सक्दैन ।’