आरोही पुर्जाको शव ५७ सय मिटर उचाइमा फेला पर्‍यो

 संवाददाता    २०८३, १७ श्रावण आईतवार १४:००     0 View



Spread the love

नेपालीमूलका चर्चित आरोही निर्मल पुर्जा (निम्स दाइ)को शव ब्रड पिकमा फेला परेको छ।

अल्पाइन क्लब अफ पाकिस्तानले निम्स दाइको शव उद्धार टोलीले ५ हजार ७ सय मिटरमा मृत अवस्थामा फेला पारेको जानकारी दिएको हो।

घटनास्थलमा निम्स दाइसँगै अरु थप तीनवटा शव पनि देखिएको बताइएको छ। तर, ती शवहरूको पहिचान खुल्न भने बाँकी छ।

उद्धार टोलीले शवहरूलाई जापानी क्याम्पसँग ल्याउने तयारी गरेका छन्।