ट्रकको ठक्करबाट एक जनाको मृत्यु, फरार चालक प्रहरी नियन्त्रणमा

 संवाददाता    २०८३, १८ श्रावण सोमबार ११:४७     28 जनाले पढ़िसके



Spread the love

सर्लाहीको हरिवनमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गमा पर्ने हरिवन नगरपालिका–४ गणेशचोकमा सोमबार बिहान करिब सात बजे म.प्र.०३-००२ ख ११९४ नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा सर्लाहीकै हरिपुर नगरपालिका-५ लक्ष्मीपुर बस्ने करिब ५० वर्षीय पञ्चलाल चौधरी छन्।

उनी कामको शिलशिलामा साइकलमा हरिपुरबाट हरिवनतर्फ आउँदै गर्दा सोही दिशातिर गुडिरहेको ट्रकले ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिएर पश्चिमतर्फ भागेका चालकलाई कर्मैया प्रहरीले नियन्त्रणमा लिएका छ।

दुर्घटनापछि ट्रकसहित भागेका चालकलाई नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय हरिवनले कर्मैया प्रहरीलाई जानकारी गराएको थियो।

कर्मैया प्रहरीले ट्रक तथा त्यसका चालक बाराको कोल्हबी नगरपालिका–१६ बस्ने २५ वर्षीय नरबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।