नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ।
सोमबारका सोमबार दिउँसो साढे तीनबजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने कांग्रेसले जनाएको छ।
कांग्रेसमा यतिबेला संस्थापन पक्ष र शेरबहादुर देउवा पक्षबिच तीव्र मतभेद छ। जसले पार्टी फुटको संघारमा पुगेको छ।
कांग्रेस संस्थापन इतर पक्षले यही साउन २० गते राजधानी काठमाडौँमा राष्ट्रिय भेला गर्दैछ।