काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागको अगाडि एक युवकले आत्मदाहको प्रयास गरेका छन्।
बिहीबार दिउँसो एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। आगो लाग्ने वितिक्क प्रहरीले उद्धार गरेर उपचारका लागि वीर अस्पताल पुर्याएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
उनी मुगुका २५ वर्षीय गणेश नेपाली हुन् ।
राहदानी विभागको ३ नम्बर गेटमा उनले आफ्नो मोटरसाइकल पार्किङ गरेका थिए । काठमाडौं महानगरपालिको नगरप्रहरीले
मोटरसाइकलमा जथाभावी पार्किङ गरेको भनेर उनको मोटरसाइकलमा ह्वील लक लगाइदियो । त्यसपछि उनले आफ्नै मोटरसाइकलको पेट्रोल निकालेर शरीरमा आगो लगाएका हुन् ।
काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले आत्मदाह प्रयासको अन्य कारणबारे अनुसन्धान भइरहेको बताए । वीर अस्पतालमा उपचाररत नेपालीको अवस्था अहिले सामान्य छ ।