बाल मन्दिरका नाममा रकम असुल्ने तीन जना प्रहरी फन्दामा

 संवाददाता    २०८३, २५ असार बिहीबार १३:५६     0 View



Spread the love

नक्सालस्थित बाल मन्दिरका तीनजना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले ठगीसम्बन्धी जाहेरीमाथि अनुसन्धान गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको र अनुसन्धान बाँकी नै रहेका कारण अहिले नाम नखुलाइएको सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले बताए ।

बाल मन्दिरको जग्गा भाडामा दिने भनी विभिन्न व्यक्तिसँग रकमको लेनदेन भएको, तर भाडामा जग्गा नपाएपछि पीडितहरुले सीआईबीमा जाहेरी दिएका थिए ।

सीआईबीस्रोतका अनुसार हाल पक्राउ परेका व्यक्ति यसअघिको बहुचर्चित जग्गा हिनामिना प्रकरणसँग सम्बन्धित हैनन् । बाल मन्दिरको जमिनमा सञ्चालित वृहस्पति विद्या सदनको भन्दा अलग मुद्दाको अनुसन्धानका क्रममा ती व्यक्ति पक्राउ परेका हुन् ।