निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

 स्वास्थ्य     २०८३, १३ असार शनिबार ११:१५     1  जनाले पढ़िसके



Spread the love

 

नीरज भट्ट, गोरखा

सम्भव नेपाल को आयोजनामा, मूनलाइट सोसाइटी नेपाल को सहयोग तथा त्रि.वि. स्वास्थ्य अस्पताल को प्राविधिक सहयोगमा
गोरखा जिल्ला, भिमसेनथापा गाउँपालिका–४ स्थित धावा स्वास्थ्य चौकीमा
आज मिति असार १३ गते एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ।

यस शिविरमा विशेषगरी स्त्रीरोग तथा महिलाहरूमा देखिने क्यान्सर सम्बन्धी समस्या हरुको जाँच, परामर्श तथा सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ। वरिष्ठ चिकित्सकहरूको टोलीद्वारा सेवा प्रदान भइरहेको यस शिविरमा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता देखिएको छ।

साथै, कार्यक्रम सफल बनाउन मूनलाइट सोसाइटी नेपालको टिमद्वारा प्राविधिक, भौतिक तथा अन्य व्यवस्थापन सम्बन्धी महत्वपूर्ण सहयोग प्रदान गरिएको छ।

सम्पूर्ण स्थानीय बासिन्दाहरूलाई उपस्थित भई निःशुल्क स्वास्थ्य सेवा लिन हार्दिक अनुरोध गर्दछौँ।

“स्वस्थ महिला, स्वस्थ समाज”