भारतीय सेयर बजारमा भारी गिरावट

 संवाददाता    २०८१, २४ चैत्र सोमबार १२:१७     101 जनाले पढ़िसके



Spread the love

सोमबार सुरुवाती समयमा भारतीय सेयर बजारमा भारी गिरावट आएको छ ।

उच्च गिरावटलाई लिएर भारतीय सञ्चारमाध्यमले ‘बजार क्र्यास’भनेर टिप्पणी गरेका छन् । अघिल्लो दिन ७५ हजार ३६४ अंकमा बन्द भएको बजार सोमबार कारोबार खुलेको केही मिनेटमै ७२ हजार ५ सयमा झरेको छ ।

 

अघिल्लो दिनको तुलनामा एकै दिन बीएसई सेन्सेक्स करिब ३.८ प्रतिशत घटेको छ । बीएसई सेन्सेक्सका अलवा निफ्टी ५० मा पनि उच्च गिरावट आएको छ । यो सूचक अघिल्लो दिनको तुलनामा ४ प्रतिशत घटेको छ । भारतीय बजारमा हाल कारोबार भइरहेकाले बन्द हुँदा बजार सुधार हुन वा थप घट्न सक्नेछ ।

भारतबाट आयात हुने वस्तुलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अतिरिक्त २६ प्रतिशत कर घोषणा गरेका थिए । केही दिनयता नै यसको प्रभाव भारतीय बजारमा देखिए पनि आइतबार लगानीकर्तामा उच्च त्रास देखियो ।