डढेलाे निभाउन सरकारसँग दमकलबाहेक अन्य कुनै विकल्प छैन : वनमन्त्री

 संवाददाता    २०८१, २३ चैत्र आईतवार १६:१४     231 जनाले पढ़िसके



Spread the love

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव रहेको बताउनुभएको छ ।

नेपालमा आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित काठमाण्डाैमा आजदेखि शुरू भएको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री ठकुरीले वन डढेलो नियन्त्रणका लागि सरकारसँग दमकलबाहेक अन्य कुनै विकल्प नरहेको बताउनुभयो ।

सरकारले वन डढेलोलाई गम्भीरता साथ लिएर विभिन्न विकल्पहरूबारे सोचिरहेको भन्दै उहाँले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि राज्यका सबै संयन्त्रहरू परिचालन गरिरहेको वनमन्त्री ठकुरीले दाबी गर्नुभयो । जटिल भू बनावटका कारण वन डढेलो नियन्त्रणका लागि सरकारको एकल प्रयासले सम्भव नहुने उहाँको भनाइ छ ।

भोलिसम्म चल्ने सम्मेलनमा विभिन्न १४ देशका विज्ञहरूले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् ।