पाल्पा रिब्दीकोट गाउँपालिकाकाे जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा रिब्दीकोट गाउँपालिका–७ पालुङ्गका ६१ वर्षीय टेकबहादुर सर्तुङ्गे मगर रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
स्थानीय पालुङ्ग सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा भीरबाट लडेर आगोमा परी मगरको ज्यान गएको हो ।