बालेनसँग राज्य नै द्वन्द्वमा उत्रिन सुहाउँदैन : भण्डारी

 संवाददाता    २०८१, २१ चैत्र शुक्रबार १०:३१     191 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहसँग राज्य नै द्वन्द्वमा उत्रिन नसुहाउने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–’काठमाडौँ महानगर प्रमुखसँग राज्य नै द्वन्द्वमा उत्रिन कदापि सुहाउँदैन र राज्यको कर्तव्य पनि होइन। राज्यको आफ्नो गरिमा अभिभावकीय भूमिका निभाउनुमा हुन्छ !’

भण्डारीले राज्य प्रतिशोधमा लाग्न नहुनेमा पनि जोड दिएका छन् । उनले भनेका छन्– ‘प्रतिशोधको सीमा कतिसम्म र कहिलेसम्म ? साना र ठुलामा फरक के ? फिनी हराएको थाहा छैन गहुँका दानाको गिन्ती !’