ट्रम्पको अतिरिक्त भन्सार महसुल घोषणापछि चीनको कस्तो छ प्रतिक्रिया ?

 संवाददाता    २०८१, २० चैत्र बिहीबार ११:२७     117 जनाले पढ़िसके



Spread the love

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर आफ्ना व्यापार साझेदारमाथि अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गरेका छन् । उनको यो घोषणापछि विश्वभरबाट यसमाथि प्रतिक्रिया आइरहेको छ ।

यसैबिच चीनको वाणिज्य मन्त्रालयले अमेरिकालाई एकतर्फी रूपमा लगाइएको यी करहरू तुरुन्तै फिर्ता लिन र आफ्ना साझेदारहरूसँग वार्ता मार्फत व्यापार विवादहरूको उचित समाधान खोज्न अपिल गरेको छ ।‘चीनले यस निर्णयको कडा विरोध गर्दछ र आफ्नो अधिकार अनि हितको रक्षा गर्न कडा कदम चाल्नेछ ।’ वाणिज्य मन्त्रालयका प्रवक्ताले भने ।

यसअघि चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले अमेरिकाले लगाएको करबारे टिप्पणी गरेको थियो । समाचार एजेन्सी सिन्ह्वाले ट्रम्पले व्यापारलाई बदलाको लडाइँमा परिणत गरिरहेको बताएको छ ।

ट्रम्पको कर घोषणाबाट चीन सबैभन्दा बढी प्रभावित भएको छ, किनकि अब सबै चिनियाँ सामानहरूमा थप ३४ प्रतिशत कर लगाइएको छ । यसअघि मार्च ४ मा अमेरिकाले चीनबाट आउने सामानमा २० प्रतिशत कर लगाएको थियो ।