‘क्रूर घटनामा सान्त्वना दिन नसक्ने राजा किन चाहियो ?’

 संवाददाता    २०८१, १७ चैत्र सोमबार १३:४८     204 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले गत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा सहानुभूतिसमेत जनाउन नसक्ने राजा किन फर्काउन पर्यो भन्ने प्रश्न गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै शर्माले भने, ‘आफूलाई पुनर्स्थापित गर्ने भन्दै आयोजित आमसभा हिंसात्मक बन्दा मृत्यु भएका होनाहार युवाको परिवार र अन्य घाइतेका आफन्तलाई सहानुभूति दिन नसक्ने राजा किन फर्काउनुपर्‍यो ।’

उनले राजा नहुँदै त सान्त्वना दिन नसक्ने ज्ञानेन्द्र शाहले राजा भएपछि झन् के गर्लान् भनेर अहिले नै राजा ल्याउँछौ भनेर लागेका राजावादीहरूले गरेको आन्दोलनमा सहभागी भएकाहरूले सोच्नुपर्ने उनको भनाइ थियो ।