ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादीको माग

 संवाददाता    २०८१, १७ चैत्र सोमबार १३:४६     169 जनाले पढ़िसके



Spread the love

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले चैत १५ गते राजावादीहरूले गरेको आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै माओवादी सांसद रेखा शर्माले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रलाई कानुनको दायरामा ल्याउन माग गरेकी हुन् ।

उनले भनिन्, ‘आन्दोलनको आयोजक जुन संस्थालाई राखिए पनि कार्यक्रमको पर्दा पछाडि पूर्वराजा ज्ञानेन्द्र संलग्न भएको स्पष्ट रूपमा देखिएको छ । संविधान र कानुनभन्दा माथि कोही छैन । पूर्वराजा ज्ञानेन्द्र र दुर्गा प्रसाईलाई कानुनी कारबाहीको दायरामा ल्याउन पार्टीको तर्फबाट माग गर्दछु ।’

उनले माओवादी पश्चगमनका पक्षमा कहिले नभएको र आगामी दिनमा पनि कहिल्यै नहुने बताइन् ।