हुलदङ्गाका कारण भएका क्षतिको बीमा दाबी शीघ्र फछ्र्यौट गर्न निर्देशन

 संवाददाता    २०८१, १७ चैत्र सोमबार १२:०३     152 जनाले पढ़िसके



Spread the love

नेपाल बीमा प्राधिकरणले यही चैत १५ गते काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा भएका हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षतिबाट पर्नसक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फछ्र्यौट गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबिमा कम्पनीलाई निर्देशन दिएको जनाएको छ ।

हुलदङ्गाका कारण भएका क्षतिको विवरण ‘एक्सेल स्प्रिडसिट’ ढाँचामा प्राधिकरणले दिएको ‘गुगल फर्म’को लिङ्कमार्फत साप्ताहिक रूपमा हरेक हप्ताको बुधवार प्राधिकरणमा पेश गर्न निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीलाई निर्देशन दिइएको हो ।