भाटभटेनी सुपरमार्केट्समा भएको तोडफोडमा ८० लाखभन्दा बढीको क्षति

 संवाददाता    २०८१, १७ चैत्र सोमबार ११:३१     216 जनाले पढ़िसके



Spread the love

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा भएको तोडफोड र लुटपाटबाट ८० लाखभन्दा बढीको क्षति भएको छ ।

भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको छ ।

राजावादी समूहले गरेको आन्दोलनमा उनीहरूका कार्यकर्ता प्रवेश गरेर भाटभटेनी तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए । त्यसैगरी भाटभटेनीका बाहिरी भागमा रहेका धेरैजसो सिसा फुटेका छन् ।

त्यसबापत ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान रहेको उनले बताए ।

त्यसैगरी दुई लाख ६५ हजार रुपैयाँका शो–केश तथा अन्य सामग्रीमा क्षति पुगेको छ ।

काउन्टरमा रहेका ९४ हजार रुपैयाँ पनि लुटपाट गरिएको पाइएको छ । भाटभटेनीमा लुटपाट गर्ने समूहका ९ जना पक्राउ परिसकेका छन् ।