सिराहामा गुडिरहेको स्कोरपिओमा आगलागी

 संवाददाता    २०८१, ६ चैत्र बिहीबार १८:३१     120 जनाले पढ़िसके



Spread the love

सिराहाको मिर्चैया गुडिरहेको स्कोरपिओमा आगलागी भएको छ। पूर्वसिश्चम महेन्द्र राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिका ५ संस्था चौकमा गुडिरहेको बा.१३ च १३२९ नम्वरको स्कारपिओमा बिहीबार एक्कासि आगलागी भएको हो।

पूर्वबाट पश्चिमतर्फ गइरहेको सो गाडीका अघिल्लो भागमा आगो लागेको इलाका प्रहरी कार्यालयले मिर्चैयाले जानकारी दिए।

चालकले ब्याट्री सर्ट भएर आगो लागेको भने पनि आगो लाग्नुको कारण अझै खुली नसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले जानकारी दिए। उनले भने, ‘ड्राइभरले ब्याट्री सर्ट भएर आगो लागेको हुनसक्ने बताए पनि आगलागीबारे यकिन हुन सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।’

आगो स्थानीय र मिर्चैया नगरपालिकाको दमकलले तत्काल नियन्त्रणमा लिएको छ। आगलागीबाट गाडीको अघिल्लो भागमा क्षति पुगेको छ।