पेट्रोलियम पदार्थको मूल्यवृद्धिले चुनावमा धक्का लागेको ट्रम्पको स्वीकार

 संवाददाता    २०८३, १९ कार्तिक बुधबार १३:१६     14 जनाले पढ़िसके



Spread the love

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनका क्रममा इन्धनको मूल्य बढ्दा आफ्नो रिपब्लिकन पार्टीलाई क्षति पुगेको स्वीकार गरेका छन् ।

उनले इन्धन खरिदका लागि बढी पैसा खर्च गर्नुपर्दा अमेरिकी नागरिकले त्यसलाई मन नपराएको बताएका छन् ।

फक्स न्युजसँगको कुराकानीमा ट्रम्पले निर्वाचनको नतिजालाई आफ्नो राष्ट्रपतीय कार्यकालविरुद्धको झट्काका रूपमा भने नलिएको स्पष्ट पारे ।

मध्यावधि निर्वाचनपछि रिपब्लिकन पार्टीले अमेरिकी संसद्का दुवै सदनमा आफ्नो नियन्त्रण गुमाउने अवस्थामा पुगेको छ ।

ट्रम्पले डेमोक्रेटिक पार्टीले लामो समयदेखि ठूलो चुनावी जित हासिल गर्ने प्रयास गरिरहेको र अन्ततः त्यसमा सफलता पाएको बताए । उनले डेमोक्रेटिक पार्टीलाई राम्रो काम गरेको भन्दै बधाईसमेत दिए ।

यस क्रममा ट्रम्पले आफ्नो कार्यकालका पछिल्ला दुई वर्षका उपलब्धिहरू पनि उल्लेख गरे ।

उनले अर्थतन्त्रमा गरेको सुधार र अमेरिकाको दक्षिणी सीमामा सुरक्षा व्यवस्था कडा बनाउनु आफ्नो कार्यकालका प्रमुख उपलब्धि भएको दाबी गरे ।