चितवनमा आतंक मच्चाएको बाघ नियन्त्रणमा लिन सफल

 संवाददाता    २०८३, १९ कार्तिक बुधबार १४:०९     0 View



Spread the love

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

मान्छे मार्ने बाघलाई तुरुन्तै ‘डार्ट’ गरेर नियन्त्रणमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनको बेथरी खोलानजिक बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२७ बस्ने ४६ वर्षीय भीम महतोको मृत्यु भएको हो।

महतो मंगलबार दिउँसो २ बजे अन्य ३ जनासाथीसहित निउरो टिप्न गएका थिए।

वनमा निउरो टिप्दै गर्दा महतोलाई बाघले आक्रमण गरी लगेको थियो। अन्य तीन जनाले भने भागेर ज्यान जोगाएका थिए।

घटनाबारे साथीहरूले साँझ पाैने ६ बजे इलाका प्रहरी कार्यालय दिव्यनगर, चितवनमा जानकारी गराएका थिए।

जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, स्थानीयवासी तथा वनका कर्मचारीको समन्वयमा खोजतलास गरिएको थियो।

खोजी गर्ने क्रममा बुधबार बिहान ११ बजेतिर चितवन राष्ट्रिय निकुञ्जभित्र महतोको शव फेला परेको हो।

शव फेला परेको स्थान नजिकै रहेको बाघलाई डार्ट हानि नियन्त्रणमा लिइएको छ प्रहरीले जनाएको छ।