आगलागीमा परी तीन वर्षीया बालिकाको मृत्यु*

 संवाददाता    २०८१, ४ चैत्र मंगलवार १४:१५     83 जनाले पढ़िसके



Spread the love

मोरङको धनपालथान गाउँपालिकाको कदमामा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा एक जना बालिकाको जलेर मृत्यु भएको पुष्टि भएको छ ।

मृत्यु हुनेमा तीन वर्षीय बालिका रेश्मा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाले जानकारी दिए ।

आगलागीपछि हराएका भनिएका अर्का बालक भने भेटिएको उनले बताए । उनका आगलागीबाट १२ घर परिवारको १६ वटा घर/ छाप्रा जलेका छन् ।

हाल आगलागी नियन्त्रण भएको चिमरियाले बताए । साना छाघर र परालको माचसमेत घरकै उेउमा रहेकाले आगोले उग्ररुप लिएको प्रहरीले जनाएको छ ।