नयाँ प्रहरी प्रमुखको पदबहाली आज, ५ः४५ बजे दर्ज्यानी चिह्न प्रदान गरिने

 संवाददाता    २०८३, १९ कार्तिक बुधबार १६:१६     5 जनाले पढ़िसके



Spread the love

गृह मन्त्रालयले साँझ ५ः४५ को समयमा नवनियुक्त आईजीपी डा.मनोजकुमार केसीलाई दज्र्यानी चिह्न (फुली) लगाउने कार्यक्रम तय गरेको छ ।

मन्त्रालयस्रोतका अनुसार बिहीबार विहान फुली लगाइदिन डा.केसीले माग गरेका थिए ।

तर, गृहमन्त्री सुधन गुरुङको आग्रहपछि उनी आजै फुली लगाएर पदबहाली गर्न तयार भएका हुन् ।

प्रहरी प्रधान कार्यालयस्रोतका अनुसार नवनियुक्त आईजीपी डा.केसीलाई फुली लगाएपछि हेडक्वार्टर लैजानका लागि औपचारिक समारोहमा प्रयोग गरिने कालो गाडी गृह मन्त्रालय पठाइएको छ ।

उनको स्वागतका लागि प्रहरी हेडक्वार्टरमा आवश्यक तयारी शुरु भएको स्रोतले जनाएको छ ।