राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आईजीपीलाई व्यक्तिगत स्वार्थका आधारमा कारबाही गर्नु राज्यसत्ताको चरम दुरुपयोग भएको टिप्पणी गरेका छन्।
सरकारले आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाएर मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेपछि उनले यस्तो बताएका हुन्।
आईजीपीले कुनै अपराध गरेको भए कानुनअनुसार कारबाही हुनुपर्ने उनको भनाइ छ।
उनले भनेका छन्, ‘आईजीपीले कुनै अपराध गरेका हुन भने प्रधानमन्त्रीको सल्लाहकार बनाएर होइन, कानुनअनुसार कारबाही गरेर जेल हाल्ने हो। यदि आईजीपीले कुनै गल्ती गरेका छैनन् र कुनै पनि कानुनविपरीत काम गरेका छैनन् भने व्यक्तिगत स्वार्थका आधारमा कारबाही गर्नु राज्यसत्ताको चरम दुरुपयोग हो।’
आईजीपीको गल्ती नभए पदबाट हटाउन भ्रष्ट आचरण भएको उनको बुझाइ छ।