प्रहरीले चलाएकाे गाेली लागेर धनुषामा एक जना घाइते

 संवाददाता    २०८१, ३ चैत्र सोमबार २०:२०     89 जनाले पढ़िसके



Spread the love

धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठियानमा प्रहरीले चलाएको गोली लागेर शहीद नगरपालिका वडा नम्बर १ कुम्भकरणका २० वर्षीय सन्तोषकुमार यादव घाइते हुनुभएको छ ।

सबैला नगरपालिका–९ भठिहनमा रहेकाे चोकको नाम राख्ने विषयमा आज झडप भएको थियो । दुई पक्षबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउनुपरेको धनुषाका प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिनुभयो ।

गोली लागेर घाइते भएका यादवको जनकपुरधाममा रहेको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । भठिहनमा रहेको चोकमा केहीअघि यादव चोक लेखिएको बोर्ड राखिएको थियो । त्यसपछि अरू समुदायले बोर्ड उखेलेपछि हिजोदेखि दुई समूहबीच तनाव बढेको छ ।