चन्द्रागिरिमा पोखरीमा डुबेर बालिकाको मृत्यु

 संवाददाता    २०८१, २ चैत्र आईतवार ०९:५२     83 जनाले पढ़िसके



Spread the love

काठमाडौँको चन्द्रागिरिमा पोखरीमा डुबेर एकजना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ वर्षीय पूर्णिमा थापा छिन् ।

सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर–४ घर भएर चन्द्रागिरि नगरपालिका–८ मा बस्ने थापा निर्माणाधीन पार्कमा बनेको पोखरीमा डुबेकी हुन् । बलम्बु स्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

सार्वजनिक पार्कमा पोखरी बनाएर पानी भरेर छाडेको अवस्थामा खेल्ने क्रममा उनी डुबेकी थिइन् ।