गुजरातको राजकोटमा एउटा भवनमा भीषण आगलागी भएको छ । राजकोटको एटलान्टिस भवनमा लागेको आगलागीमा तीन जनाको मृत्यु भएको छ ।
अन्य एक जना घाइते भएको बताइएको छ । घाइतेको अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।
भवनमा फसेकाहरूको उद्धार कार्य तीव्र गतिमा भइरहेको छ । भवनमा सर्ट सर्किटका कारण आगो लागेको बताइएको छ । दमकल विभागले आगो नियन्त्रणमा लिएको र अहिले अवस्था सामान्य भएको बताइएको छ ।