गत जनवरीमा दक्षिण कोरियामा भएको विमान दुर्घटना पोटेर्बल पावर बैंकका कारण भएको हुनसक्ने स्थानीय अधिकारीहरूले बताएका छन् ।
गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा जनवरी २८ मा एयर बुसनको विमान दुर्घटनामा परेको थियो । दुर्घटनाका कारण विमानभित्र रहेका तीन जना घाइते भएका थिए ।
अन्तरिम छानबिनको नतिजाले आगलागी पावर बैंकभित्रको इन्सुलेशनका कारण आगो लागेको देखाएको छ । पावर बैंक टाउको माथि लगेज राखिने खण्डमा थियो । ब्याट्री के भएर पड्कियो भनेर चाहिँ अनुसन्धाताहरूले नखुलाएको बताइएको छ । विश्वभर नै विमान सेवा प्रदायकहरूले लगेजमा पावर बैंक लैजान दिँदैनन् ।
सो उपकरणभित्र हुने लिथियम–आयन ब्याट्रीका कारण यस्तो प्रतिबन्ध लगाइएको हो । म्यानुफ्याक्चरिङ त्रुटि वा अन्य कुनै क्षतिका कारण सर्ट सर्किट भयो भने यसको ब्याट्री निकै तात्छ र आगो समेत लाग्न सक्छ ।