अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा युवक पक्राउ

 संवाददाता    २०८१, ३० फाल्गुन शुक्रबार १६:०५     86 जनाले पढ़िसके



Spread the love

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले पर्साबाट एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२० घर भएका १९ वर्षीय धिरज पटेल छन् ।

अन्तर्राष्ट्रिय कल र एसएमएस बाइपासमा संलग्न आरोपमा उनलाई वीरगन्जको लालपर्साबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी सुधीर राज शाहीले बताए । उनले वीरगन्ज–१६ स्थित अनुज कुमार सर्राफको घरमा कोठा लिएर कल बाइपास गरेको भेटिएको छ ।

उनीविरुद्ध पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । कल बाइपासमा प्रयोग भएको उपकरण प्रहरीले बरामद गरेको छ ।