बलात्कारपीडित ८ वर्षीया बालिकाको मृत्युपछि बङ्गलादेशमा उग्र भयो प्रदर्शन

 संवाददाता    २०८१, ३० फाल्गुन शुक्रबार १६:०२     96 जनाले पढ़िसके



Spread the love

बङ्गलादेशमा एक आठ वर्षीया बलात्कार पीडित बालिकाको निधन भएको छ । बिहीबार ती बालिकाको मृत्युपछि देशभर हिंसात्मक विरोध प्रदर्शन सुरु भएको छ ।

बालिकाकी आमाले दिएको उजुरी अनुसार, मार्च ५ को राति मागुरा सहरमा आफ्नी दिदीको घरमा गएकी बालिका बलात्कारमा परेकी थिइन् । प्रहरीले मुद्दा दर्ता गरी केटीकी दिदीको श्रीमान्, ससुरा, सासू र देवरलाई पक्राउ गरी हिरासतमा राखेको छ ।

बिहीबार राति, बालिकाको मृत्युको खबर सुनेपछि, आक्रोशित भीड घटना भएको भनिएको स्थानमा पुगेको थियो । भीडले घटना भएको घरमा आगो लगाइदिएको छ ।

ती बालिकालाई मार्च ८ मा अस्पताल भर्ना गरिएको थियो र राजधानी ढाकाको संयुक्त सैन्य अस्पतालमा छ दिनसम्म उनी गम्भीर अवस्थामा थिइन् ।