कालीकोटको खाँडाचक्रमा कुटपिट प्रकरण : चक्कु प्रहारमा संग्लन ६ जना पक्राउ

 संवाददाता    २०८१, ३० फाल्गुन शुक्रबार १३:१३     83 जनाले पढ़िसके



Spread the love

कालीकोट – कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौकीमा कुटपिट र चक्कु प्रहारमा संग्लन ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दुई गाउँका किशोरहरूबीच झगडा हुँदा कुटपिट र चक्कु प्रहारबाट तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको ज्यान गएको थियो । कुटपिटबाट १६ वर्षीय भूपेन्द्र शाही सामान्य घाइते हुनुभएको छ ।

अस्ति बुधवार राति खाँडाचक्र–१० चौकीका हस्तबहादुर मल्लको नयाँ घर बनाउँदा गरिने पूजा (पछेटा) मा रमाइलो हेर्न आएकाबीच कुटपिट र चक्कु प्रहारमा संग्लन रहेको आरोपमा खाँडाचक्र–९ दशला घर भएका ६ जना किशोरलाई पक्राउ गरिएको कालीकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले बताउनुभयो ।

प्रहरीले सोधपुछका लागि घरधनीका दम्पतीलाई समेत जिल्ला सदरमुकाम मान्म ल्याइएको छ । घटना भएको चौकीगाउँ सदरमुकाम मान्मबाट ३५ किमी टाढा पर्छ ।