पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एउटा विमान आफ्नो एक पाङ्ग्राविना नै सकुशल अवतरण गर्न सफल भएको छ ।
कराँचीबाट लाहोरका लागि उडेको विमानमा एउटा पाङ्ग्रा नै नभएको पाइएको हो । यद्यपि उक्त विमान लाहोर विमानस्थलमा सकुशल अवतरण भएको थियो ।
फ्लाइट नम्बर पीके ३०६ को विमान बिहीबार अवतरण भइसकेपछि मात्र एउटा पाङ्ग्रा नै नभएको पाइएको थियो । उक्त विमान कराँचीबाट उडान भर्दा सबै पाङ्ग्रा रहेको बताइएको छ ।
एउटा पाङ्ग्रा कता हरायो भन्नेबारे खुल्न सकेको छैन । अधिकारीहरूका अनुसार पाङ्ग्राको एउटा सानो हिस्सा भने कराँची विमानस्थलको धावनमार्गमा फेला परेको छ ।
पीआईएले यसबारे छानबिन भइरहेको जनाएको छ ।