गुडिरहेको गाडीबाट हामफाल्दा एक युवकको मृत्यु

 संवाददाता    २०८१, ३० फाल्गुन शुक्रबार १२:४३     75 जनाले पढ़िसके



Spread the love

गाडीबाट हाम फाल्दा चोट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका-१२ का ३७ वर्षीय लक्ष्मी प्रसाद उपाध्याय रहेका छन्।

फोर्स गाडीको ढोकाबाट हाम फाल्दा घाइते भएका उनी अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरेका हुन् ।

गएराति ११ बजेतिर वीरेन्द्रनगर नगरपालिका–१२ तीनकुने चोकबाट ईत्रामतर्फ जाँदै गरेको भे १ ख १९०४ नम्बरको फोर्स गाडीको ढोकाबाट उनले हाम फालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले बताए।

गाडी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।