काठमाडौँको टोखा नगरपालिका–८ बानियाँटारबाट करिब १ लाख ९९ हजारको सुनका गहना र नगद चोरी भएको छ । टोखा नगरपालिका–८ स्थित ३७ वर्षीया सावित्राकुमारी कँडेलको डेराबाट ल्यापटप, मोबाइल, सुन र नगद चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पर्साको सखुवा प्रसौनी घर भएकी कँडेलको डेराबाट बुधवार दिउँसो चोरी भएको हो । चोरीमा संलग्न आरोपीलाई प्रहरीले खोजी गरिरहेको छ ।