स्पष्टीकरणको जवाफ आएपछि कुलमानबारे निर्णय लिन्छौँ : मन्त्री खड्का

 संवाददाता    २०८१, २३ फाल्गुन शुक्रबार १९:११     74 जनाले पढ़िसके



Spread the love

ऊर्जामन्त्री दीपक खड्काले कुलमान घिसिङको स्पष्टीकरणको जवाफ आएपछि पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय हुने बताएका छन् । शुक्रबार संसद् भवनमा मन्त्री खड्काले स्पष्टीकरणको जवाफ आएपछि कुलमानबारे निर्णय लिने बताए ।

मन्त्री खड्काले नेपालमा भारतबाट बिजुली आयात गरिएका कारण लोडसेडिङ हट्न सफल भएको जिकिर गरे । भारतलाई समेत बिजुली आवश्यक भइरहेको अवस्थामा नेपाललाई विद्युत दिएर ठुलो सहयोग गरेको उनले बताए । प्राधिकरणको नाफाको विषय छानबिन भएपछि थाहा हुने उनको भनाइ छ ।

कुलमानको विषय व्यक्तिगत नभएर सरकारको विषय भएको भन्दै उनले कर्मचारीहरू अनुशासित हुनुपर्ने जिकिर गरे ।