संसद्‍मा ‘लाल सलाम’ र ‘जय नेपाल’ शब्द प्रयोग नगर्न आग्रह

 संवाददाता    २०८१, २२ फाल्गुन बिहीबार १५:०१     65 जनाले पढ़िसके



Spread the love

राजनीतिक रुपमा प्रयोग गरिने ‘लाल सलाम’ र ‘जय नेपाल’ शब्द प्रतिनिधिसभामा प्रयोग नगर्न आग्रह गरिएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिनिधिसभामा ‘लाल सलाम’ र ‘जय नेपाल’ शब्द प्रयोग नगर्दा उपयुक्त हुने भन्दै त्यस्तो व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

‘पछिल्लो समय पार्टीमा प्रयोग गरिने ‘लाल सलाम’ र ‘जय नेपाल’ प्रयोग भइरहेको देखिएको छ,’ सांसद घिमिरेले भने, ‘त्यस्ता शब्द जनताको सार्वभौम थलो संसद्मा प्रयोग नगर्दा उपयुक्त हुने देखिन्छ । त्यो व्यवस्था गर्न म आग्रह गर्दछु ।