चोरी आरोपमा श्रीमान्-श्रीमतीसहित ४ जना पक्राउ

 संवाददाता    २०८१, २२ फाल्गुन बिहीबार १३:५६     77 जनाले पढ़िसके



Spread the love

चोरी आरोपमा श्रीमान्-श्रीमतीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दाङको घोराही उपमहानगरपालिका-१ हर्नोक बस्ने २४ वर्षीय प्रदीप भनिने विज्ञान घर्ती, घोराही-१५ भीमसेन टोलका ४१ वर्षीय सदन सुनार, घोराही-१५ कै ३२ वर्षीय विक्रम चौधरी र सोही ठाउँकी २५ वर्षीया प्रतीक्षा केसी छन् ।

 

उनीहरुलाई दाङ प्रहरीले बुधबार पक्राउ गरेको हो ।

उनीहरुमध्ये घर्ती चोरी गर्ने व्यक्ति चौधरी र केसी चोरीको सामान बेच्ने व्यक्ति र सुनार भने चोरीको सामान किन्ने व्यक्ति रहेको प्रहरीको भनाइ छ । पक्राउ परेका मध्ये चौधरी र केसी श्रीमान्-श्रीमती हुन् ।

 

१५ फागनुमा घर्तीले घोराही-१ हर्नोककै गीता पुन वलीको घरमा चोरी गरेको दाङ प्रहरीका प्रवक्ता चक्रबहादुर शाहले बताए ।

चोरीका समानहरु उनले हाल पक्राउ परेका श्रीमान्-श्रीमतीमार्फत सुनारको पलसमा लगेर बचेको शाहको भनाइ छ । सुनार सुनको काम गर्ने कालिगढ हुन् ।

चौधरीको घरबाट प्रहरीले २ लाख २२ हजार ६६५ रुपैयाँ, सुनको तिलहरी बरामद गरेको छ । सुनारको कोठाबाट भने स्वरुप परिवर्तन गरिएको सुनको टप १ जोर, औठी १ थान र माइली तिलहरी बरामद गरेको छ ।