४ दिनपछि पूर्वयुवराज पारस साह डिस्चार्ज

 संवाददाता    २०८१, २२ फाल्गुन बिहीबार १३:४७     115 जनाले पढ़िसके



Spread the love

अस्पताल भर्ना भएको ४ दिनपछि पूर्वयुवराज पारस शाह डिस्चार्ज भएका छन् । हृदयघात भएपछि उनी आइतबार राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए ।उनको स्वास्थ्य सामान्य बनेसँगै बिहीबार बिहान डिस्चार्ज गरिएको नर्भिक अस्पतालका प्रवक्ता अजय मिश्राले जानकारी दिए ।निवासमै हृदयघात भएपछि आइतबार साँझ उनलाई परिवारले नर्भिक लगेका थिए ।

सोही राति नै मुटुमा स्टेन राखिएको र केही दिन उनलाई चिकित्सकको विशेष निगरानीमा राखेर उपचार गरिएको थियो ।अहिले उहाँको अवस्था सामान्य बनेसँगै डिस्चार्ज गरिएको छ’, मिश्राले भने । पारसको डाक्टर यादव भट्ट नेतृत्वको टोलीले उपचार गरेको थियो।पारस शाहलाई हृदयाघात भएको यो चौथो पटक हो । यसअघि उनलाई २०७५ माघ महिनामा हृदयाघात भएको थियो । त्यतिबेला पनि उनको नर्भिकमै उपचार भएको थियो । त्यसअघि पनि थाइल्यान्डमा रहँदा र अर्को एक पटक पनि हृदयाघात भएको थियो ।